एमाले जिल्ला पूर्वअध्यक्षसहित १४ जना एकीकृत समाजवादीमा प्रवेश

धनगढी, २४ कार्तिक । नेकपा एमाले डडेल्धुराका पूर्वअध्यक्ष डा. तारा जोशीसहितका नेता कार्यकर्ता एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्र र एमालेबीचको एकता पूर्व पार्टीका अध्यक्ष रहेका जोशीसहित उपाध्यक्ष बिरेन्द्र बस्नेत, सचिव धनबहादुर सावद र उपसचिव सकुन्तला नगरकोटी लगायतका नेता एकीकृत समाजवादीमा प्रवेश गर्नुभयो । डडेल्धुरामा बुधबार आयोजित कार्यक्रमकाबीच एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गर्नुभयो ।

डा. जोशीले एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएका कारण आफूहरु समाजवादीमा समाहित भएको बताउनुभयो । उपाध्यक्ष, सचिव तथा अन्य विभिन्न भातृ संगठनका प्रमुख समेत गरेर १४ जना समाजवादीमा समाहित प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।

एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँदले ६८ सदस्यीय कमिटीमा १३ जना एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेकाल त्यसले पार्टीलाई खासै असर नपर्ने दावी गर्नुभयो । जिल्लामा जेठ २ लागु गरेर जोशीलाई अध्यक्ष भएर काम गर्न आग्रह गरेको तर उहाँहरुले विगतदेखि नै समाजवादीमा जाने इच्छा राख्दै आएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ वैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा भेटघाट भएको छ । उक्त भेटघाटमा

काठमाडौँ, ११ वैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गरी २९ निर्माण र आपूर्तिसम्बन्धी  कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको

काठमाडौँ, ११ वैशाख । सभामुख देवराज घिमिरेले लोकतन्त्र प्राप्तिपछि राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको बताएका छन्

काठमाडौँ, ११ वैशाख । १८औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन