प्रचण्डले कांग्रेसलाई ‘पात विनाको नाङ्गो रुख’ बनाइदिन्छन् : पूर्वमन्त्री विष्ट

भक्तपुर, २४ कार्तिक । नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले वर्तमान अवस्थामा गठबन्धन कायम रहे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुखलाई हल्लाएर पात समेत झारेर नाङ्गै बनाइदिने बताउनुभएको छ ।

नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ५ कमिटीले आज आयोजना गरेको विजय दशमी, दिपावली, नेपाल सम्वत, छठलागतयका पर्वहरुको शुभकामना कार्यक्रममा बोल्दै सचिव विष्टले प्रचण्डको इतिहासनै जहाँ छोयो त्यसलाई समाप्त पार्ने भएको दावी गर्नुभयो । विगतमा प्रचण्डले एमालेको बैशाखी टेकेर राजनीतिक विडो थामेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले एमालेलाई समाप्त पारी आफुले हालि मुहाली गर्ने सपना चकनाचुर भएपछि अहिले कांग्रेसको टाङ्मुनी छिरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक अस्थिरताका खेलाडी प्रचण्डको इतिहास नै जहाँ छोयो त्यही समाप्त पार्ने मात्र हो । मुलुकमा राजनीतिक स्थितरता ल्याउने हैन, आफ्नो स्वार्थको लागि सति जाने पहिचान प्रचण्डको बनेको छ । विगतमा एमालेको बैशाखी टेकी आफ्नो राजनीतिक भविष्यलाई थाम्नु भयो । प्रचण्ड अनेक बहाना तथा फुटको मानसिकता बोकी र बोकाई एमाले सक्ने राणनीतिमा प्रचण्ड हुनुहुन्थ्यो । तर एमालेलाई सक्ने रणनीतिमा सफल नभएपछि गठबन्धनको नाममा राजनीति गर्दै हुनुहुन्छ । यो गठबन्धन यही अवस्थामा रहयो भने प्रचण्डले कांग्रेसको रुखको पातलाई समेत हल्लाएर झारिदिनुहुन्छ । त्यसपछि पात विनाको नाङ्गो रुख कांग्रेस बन्ने निश्चत छ ।’

अबको दुई दशक मुलुकमा एमालेको दशक भएको उल्लेख गर्दै उहाँले एमालेसँग प्रतिष्पर्धा गर्ने कुनै पनि पार्टी नभएको दावी गर्नुभयो । अबको दुई दशक एमालेलाई कसैले आँखा नलगाउन चेतावनी दिादै सचिव विष्टले आगामी निर्वाचनमा एमालेले एक्लै सानदार बहुमतका साथ मुलुकको नेतृत्व गर्ने दावी गर्नुभयो । एमालेको नेतृत्व कालमा नेपाली युवाहरु विदेश जाने नभई अमेरिका, जापान, अष्ट्रलिया, युरोपलगायतका विकासित मुलुकका युवाहरु रोजगारीको लागि नेपाल आउने अवस्था सिर्जना गर्ने दावी समेत उहाँले गर्नुभयो ।

मावध नेपाल तथा झलनाथ खनाल एमालेबाट विभाजन भई समाजवादी गठन गरे पनि जनतामा कुनै फुटको असर भएको उल्लेख गर्दै उहाँले माधवले एमालेछोडेसँगै अहिले एमालेमा गुट समाप्त भएको बताउनुभयो । आगामी महाधिवेशनले गुट रहित एमाले निर्माण गर्ने समेत उहाँले उद्घोष गर्नुभयो । एमालेको नेतृत्व नआए मुलुक ५०औं वर्ष पछि धकेलीने दावी गर्दै उहाँले वर्तमान अलोकतान्त्रीक परमादेशी सरकार तथा गठबन्धनबाट जनताले एक रति पनि कुनै अपेक्षा गर्न नसक्ने उल्लेख गर्नुभयो । एमाले तथा केपी ओली नेतृत्वको सरकारको पालामा भएका कामहरु देखेर त्यसलाई असफल बनाउन गठबन्धनका नेताहरु सपनामा समेत बर्बराउने गरेको आरोप समेत उहाँले लगाउनुभयो । ओली नेतृत्वको सरकारले वर्तमान सरकारले असंख्य योजनाहरु वर्तमान सरकारले कटैती गरेको भन्दै उहाँले आक्रोस समेत जनाउनुभयो ।

एमाले र केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक कामहरु गरेको उल्लेख गर्दै उहाँले त्यसको ज्वलन्त उदाहरणको लागि भक्तपुर हेरे पुग्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेको नेतृत्वमा विकास र समृद्धिको यात्रा कस्तो हुन्छ भन्ने प्रमाणीत गर्न भक्तपुर आएर हेरे हुन्छ, भक्तपुरको विकास र समृद्धिको तस्विर आफैं बोल्छ । विकासले भक्तपुर बदलिएको छ । भक्तपुरमा सवै सडक मुल सडक जस्तै भएका छन् । राष्ट्रिय विकासको लागि मेरुदण्ड भक्तपुर भएको छ । सवैले विकासको अभियान ग्रहण गर्न योग्य भएको छ । एमाले पार्टी र एमालेका जनप्रतिनिधिलाई विशेष धन्यवाद छ ।’

एमाले केन्द्रीय सदस्य, भक्तपुर इन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले एमाले विकास, समृद्धि, अनुशासन, राष्ट्रवाद तथा परिवर्तनको सम्बाहक भएको बताउनुभयो । न्यायको पक्षमा बोल्ने तथा अन्यायको विरुद्धमा लड्ने पार्टी एमाले भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा एमालेको तागत देखाउने चेतावनी समेत दिनुभयो ।

एमाले केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरका जनताको लागि कांग्रेसले आस लाग्दो काम नभई सास जाने मात्र काम गरेको आरोप लगाउनुभयो । नेमकिपाले सिद्धान्तप्रति विचलनका कारण भक्तपुर पछि परेको उल्लेख गर्दै उहाँले एमालेको नेतृत्व आएसँगै भक्तपुर अपमानित नभई गैरवका साथ उपस्थित हुने अवस्था बनाएको उल्लेख गर्नुभयो । कांग्रेसका नेताले आफ्नो शिर्ष नेतृत्वसँगको पहुँचलाई समेत सदुपयोग गर्न नसकेर भक्तपुरको विकासलाई दशकौंसम्म पछि धकेलेको आरोप लगाउँदै नेता बस्नेतले कांग्रेसका कारण भक्तपुरका केही विकासहरु रोकिएको भन्दै आक्रोस जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।