आजको राशिफल

आज मिति २०७८ साल कात्तिक २४ गते बुधबार। इश्वी सन् २०२१ नोभेम्वर १० । शकसंवन् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । राक्षस दक्षिणायन । शरद । कात्तिक शुक्लपक्ष । षष्टी पञ्चमी, १३ः५८ बजे उप्रान्त सत्तमी। नक्षत्र उत्तराषढा, २१ः४२ बजे उप्रान्त श्रवण योग । शूल , १५ः३८ बजे उप्रान्त गण्ड । करण तैतिल १३ः५८बजेदेखि गर, १५ः२ बजे उप्रान्त वव । चन्द्रराशि मगर । आनन्दादि योग । दिनमान २७ः०६ । सुयोदय ६ः२२ । सुर्योस्त १७ः१२ ।

मेष : कार्य व्यस्तताले गर्दा महत्वपूर्ण भेटघाट रोकिने छ अध्ययनको लागि घरदेखि टाढा जानुपर्ने हुन्छ स्वास्थ्यमा सामान्य समस्या आउने छ ।

वृष : आय आर्जनका बाटाहरू बढ्ने छ राजनैतिक तथा सामाजिक कार्यमा सक्रिय हुनु पर्ने छ सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला सलाइ वा लाइटर जोगी वा माग्नेलाई दिनु राम्रो हुने छ ।

मिथुन : अध्ययन अध्यापनमा समय व्यतित हुने छ केहि महत्वपूर्ण निणर्य गरिने छ पारिवारिक सम्बन्ध बिग्रन सक्ने छ अति नै संयमित रहनु होला ।

कर्कट : मित्रजनको सहयोग प्राप्त हुने छ नसोचेको यात्रा गर्नुपर्ने छ प्रेम प्रेमिका विच विवाद मिल्ने छ अध्ययन गर्ने रुचि हराउने छ । राजनैतिक आरोप लाग्ने छ ।

सिंह : अध्ययन गर्ने रुचि बढ्ने छ प्रेमिका देखि धोका पाईने छ रोकिएको धन प्राप्त हुनाले आर्थिक समस्या टरेर जानेछ कामेलालाई चिनी दिनाले सङ्कट टरेर जाने छ ।

कन्या : प्रेम सम्बन्ध अगाडी बढ्ने छ बैदेशिक कार्यमा धोका हुने छ पारिवारिक सहयोग प्राप्त हुनाले आर्थिक अभाव हुने छैन । कुलदेवताको स्मरण गर्नु कल्याण हुने छ ।

तुला : व्यपार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ घरमा सवारी साधन भित्र्याईने छ महत्वपूर्ण भेटघाट हुनाले दिन पूर्ण रुपमा सफल रहने छ सन्ध्याकालमा पेट सम्बधी समस्या बढ्ने छ ।

वृश्चिक : राजनैतिक नियुक्ति वा सामाजिक पद प्रतिष्ठा मिल्ने छ । महत्वपूर्ण सामाग्री हराउनाले मनमा खिन्नता हुने छ । आर्थिक जिम्मेवारी लिदै नलिनु धोका पाईने छ ।

धनु : आय आर्जनका निम्ति कठीन मिहिनेत गर्नुपर्ने हुन्छ सानो कुराले ठूलो पारिवारिक समस्यालाउन सक्ने छ सहाशिलाता राख्नुहोला मध्यान्ह देखि सहयोगी मित्र भेटिने छन् ।

मकर : मनोरञ्जन पुर्वक दिन बित्नेछ बोलीको माधुर्यताले नमिल्ने कार्यपनि सम्पन्न गरिनेछ हराएको सामाग्री भेटिनाले अतिनै खुसि प्राप्त हुने छ सन्ध्याकाल पछि भने सामान्य हातमा चोट लाग्न सक्ने छ ।

कुम्भ : आमा बुवासंग छुट्टिनु पर्दा मनमा दुःख लाग्नेछ यात्रामा केहि असहज हुने छ प्रेमिकाको सहयोगले रोकिएका काम बन्नेछन् भने मध्यान्ह देखि व्यपार व्यवसायमा राम्रो आम्दानी हुने छा

मीन : अध्ययन क्षेत्रमा सफलता मिल्नेछ केहि खराव मित्रले धोका दिनेछन् सजक रहनुहोला आर्थिक लेनदेन गर्दै नगर्नु होला नयाँ सम्बध जोडिने छ स्वास्थ्यमा निकै सुधार आउनेछ वादरलाई केरा दिनु राम्रो हुने छ ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021