माइक्रोबस दुर्घटना : एकजनाको मृत्‍यु, १८ जना घाइते

सिन्धुपाल्चोक, २३ कार्तिक । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका ११ पोखरेस्थित बन्देउ चौतारा सडक खण्डमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार आज दिउँसो चौताराबाट काठमाडौंतर्फ जादै गरेको बा २ ख २६१२ नं.को हाइस माइक्रो बस अनियन्त्रित भइ सडकबाट ७/८ मिटर तल खस्दा बलेफी गाउँपालिका-५ की ४० वर्षीया जानुका भन्‍ने सरस्वती पराजुलीको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै घाइते हुनेहरुमा चौतारा सागागढी नगरपालिका-१ का ५१ वर्षीय पशुपति थापा, ४६ वर्षीया तुलसी थापा, हेटौडा उपमहानगरपालिका-१ का २२ वर्षीय अरुण तामाङ, बारा सिमराकी २३ वर्षीया स्वहिता थापासहित १८ जना रहेका छन् । घाइते उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । माइक्रो चालक हेटौडा उपमहानगरपालिका-१ का रामलाल थिङको टाउकोमा चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021