गृहमन्त्रीद्वारा प्रतिनिधिसभाको अवरोध हटाउन एमालेलाई आग्रह

जनकपुरधाम, २३ कार्तिक । काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन् ।

आज जनकपुरधाममा जानकी मन्दिर दर्शनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरु सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धारणा राखे ।

उनले भने, ‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, उहाँहरुलाई अवरोध अन्त्य गर्न आग्रह गर्दछु । राजनीतिकरुपमा देखिएका गतिरोधलाई अन्त्य गरौँ, ‘जनप्रतिनिधिले जनातका गुनासा, समस्यालगायतका कुराहरु राख्ने, सरकारले नीति नियम, विधेयक र कानून बनाउने थलो भएकाले प्रतिनिधिसभा नियमित संचालन भयो भने सरकारलाई समेत मद्यत पुग्छ । जनतालाई समेत भरोसा र विश्वास जाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021