मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कैलाली, २३ कार्तिक । कैलालीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार जोशीपुर गाउँपालिका–५ सिम्ररास्थित चालक लम्की चुहानगरपालिका–७ को अभिषेक चौधरीले चलाएको बा ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको फोहर फाल्ने फलामको ड्रममा ठोक्किँदा चालक अभिषेक चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँका प्रकाश चौधरी, जीवन चौधरी र नरेश रोकायासहित चारजना घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएकामा र घाइते नरेश रोकायालाई चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको बताइएको छ । अन्य घाइतेलाई सामान्य उपचारपश्चात् घर पठाइएको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021