जबरासँगको संयुक्त इजलास बहिष्कार

काठमाडौँ, २३ कार्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको संयुक्त इजलाससमेत बहिष्कार गरेका छन्। बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने र जबरासँगै इजलासमा नबस्ने अडान न्यायाधीशहरूले दोहोर्‍याएका छन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूको आआफ्नै अडानका कारण न्यायपालिकाको विवाद लम्बिँदै गएको छ। जबराले तत्काल राजीनामा नदिने संकेत गरेपछि विवाद लम्बिएको हो। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुुनुवाइमा बसेका छैनन्।

वर्तमान गठनबन्धन सरकारमा न्यायपालिकाका तर्फबाट मन्त्री पद माग्दै भागबन्डा खोज्ने प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको न्यायाधीशहरूको अडान छ। प्रधानन्यायाधीश र न्यायाधीशहरूको आआफ्नै अडानका कारण तिहारअघिदेखि नै सर्वोच्चमा सुनुवाइ प्रभावित भइरहेको छ। तिहार बिदा सकिएलगत्तै अदालत खुलेको पहिलो दिन सोमबार प्रधानन्यायाधीश जबराले आफूसहितको इजलास तोेकेका थिए।

उनले बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रिट निवेदनमा मात्रै इजलास तोकेका थिए। उनले आफू र न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकेका थिए। तर चुडालले इन्कार गरेपछि इजलास बस्न सकेन। न्यायाधीश चुडालले आफ्नो एकल इजलासमा भने मुद्दा हेरे। सोमबारका लागि जम्मा ५ वटा इजलास तोकिएका थिए। प्रधानन्यायाधीशबाहेकका चारवटा इजलासले बन्दी प्रत्यक्षीकरणका ५ वटा रिटमा सुनुवाइ गरेका थिए।

सोमबार पनि न्यायाधीशहरूको बैठक बसेको थियो। बैठकमा प्रधानन्यायाधीशसँग एउटै इजलासमा नबस्ने अडान दोहोर्‍याइएको थियो। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै