नेता सिंहद्वारा सांसद थापाको ‘भ्रष्टाचारको जन्मकुण्डली’ पर्दाफास

भक्तपुर, २२ कार्तिक । नेकपा एमालेका युवा नेता तथा राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष बचनबहादुर सिंहले कांग्रेसका युवा नेता गगनकुमार थापाको भ्रष्टाचारको जन्मकुण्डली नै उतार्नुभएको छ ।

नेकपा एमाले सूर्यविनायक वडा नं. ७ नगरकमिटीको सपथग्रहण तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसका नेता थापाको विगतदेखी हालसम्मको हविगत पर्दाफास गर्नुभयो । कांग्रेस नेता थापाले विद्यार्थी राजनीतिदेखी राष्ट्रिय राजनीति हुँदै मन्त्री, विदेशी एजेण्ट, राजदुतावसबाट तलव बुझ्ने, राजनैतिक नियुक्ति, अनुदानको रकम, स्वास्थ्य सामाग्री खरिदलगायतमा गरेको भ्रष्टाचारका तथ्यहरु समेत सावर्जनिक गर्नुभयो ।

गगन थापाले विद्यार्थी राजनीतक कालखण्डमा त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति भएको समयमा गरेको भ्रष्टाचारको फच्र्यौट हालसम्म समेत नगरेको नेता सिंहको आक्रोस रहेको छ ।

उहाँले भन्नुभयो, ‘विद्यार्थीकालमा नै गगन थापाले रअका एजेन्टलाई बा मान्नुभयो, राजदुतावसबाट तलव बुझ्नुभयो । भारतमा विना विलको बजेट ‘कुकुर’लाई दिने भन्ने शिर्षकमा राखेको हुन्छ । त्यो बजेट भारतले नेपालमा गगन थापा जस्ता कुकुरहरुलाई दिएर नेपालमा खर्च गरेका छन् । भारतको चाकरी गर्दै लैनचौरबाट तलव बुझ्ने गगन थापा केही समय भारतले तलव दिन छोडेपछि युरोपीयन युनियनको एजेण्ट बने । त्यसपछि अहिले गगन थापा आइएसआईको नेपालको पहिलो प्रतिनिधि हो । यस्ता राष्ट्रघाती गगन थापाका कुरालाई जनताले पत्याउनेवाला छैनन् । तपाई स्ववियु ससभापति हुँदा त्रिचन्द्र क्याम्पसमा गरेको भ्रष्टाचार अहिले पनि तपाईले फच्र्यौट गरेको छैन । लैनचौरमा तपाईले तलव खानुहुन्थ्यो । त्यसको हिसाव किताव जनताको बिचमा दिनुस् । आफ्नो आफन्तलाई बाख्रापालनको लागि भनेर छुट्याएको तीन करोडको हिसाव किताव गर्नुस् । धरानको घोपा अस्पतालमा भिसी नियुक्ति गर्दा आठ करोड बुझाएको भिसी स्वयमले बोली सकेका छन् । त्यसको हिसाव किताव जनतालाई दिने आँट छ कि छैन ? आफु स्वास्थ्यमन्त्री हुँदा वीर अस्पतालमा किन्नुभएको तीन अरब रुपैंयाको सामाग्री सवै नक्कली छन् । यीनै कारणले मन्त्री नभएका गगन थापा अहिले बैलाईरहेका छन् ।’

गगन थापालाई भ्रष्टाचार गरेकै कारण अहिले मन्त्री हुन नपाएको समेत नेता सिंहको दावी रहेको छ । नेता थापाको विद्यार्थी राजनीतिदेखी हालसम्म शैक्षिक माफिया तथा दलाल व्यापारीहरुसँग साँठगाँठ रहेको दावी गर्दै नेता सिंहले गगन थापाको राजनीतिक भविष्य समेत अन्धकारको यात्रामा रहेको उल्लेख गर्नुयभो ।

उहाँले भन्नुभयो, ‘एमालेका कुनै पनि नेता हालसम्म भ्रष्टाचारको आरोपमा जेल जीवन विताउन नपरको स्मरण गराउँदै नेता सिंहले थापालाई कांग्रेसका दर्जनौं नेताहरु भ्रष्टाचारको आरोपमा जेल जीवन विताएको समेत स्मरण गराउनुभयो । नेता थापाले गुण्डुको एक कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताले भ्रष्टाचार गरेको भनि अभिव्यक्ति दिनुभएको थियो । सोही प्रशंगलाई नेता सिंहले नेता थापालाई काण्टर जवाफ दिनुभएको हो । कतिपयले पद पाईन भनेर बर्बराउँदै हिडेका छन् । आफुलाई युवा नेता हुँ भन्ने, आफु कांग्रेसको भविष्य हुँ भन्ने, तर शेरबहादुर देउवाकोमा शैक्षिक माफिया तथा व्यापारीहरुको विन्ती पत्र लिएर देउवाको सवै कुरा मान्न तयार हुने र मलाई स्वास्थ्यमन्त्री बनाइदिनुपर्छ भनेर भन्दा देउवा मान्न तयार हुँदा पनि हिजो कांग्रेसकै गगन थापासँग राजनीति नेताहरुले गगनलाई मन्त्री बनाए कांग्रेसको हविगत समाप्तीको दिशामा जाने भने दवाव दिएपछि मन्त्री हुन नपाएका हुन् ।’

कांग्रेसको नेतृत्वमा नेपालका नदीनाला, कलकारखानालगायतका सम्पूर्ण नेपाली सम्पतीलाई भारत तथा विदेशीलाई सुम्पने गरेको तर एमालेले त्यसलाई रक्षा गरी आम नेपाली जनताको हितमा राखेर विकास र समृद्धिको यात्रालाई समाजवाद उन्म्ुख मुलुकको ऐतिहासिक यात्रा तय गरेको उल्लेख गर्दै नेता सिंहले आफु महामन्त्रीको उम्मेदवार हो भनि दावी गर्ने गगन थापा अबका दिनमा झाडु लगाउने काममा जान थाल्ने दावी समेत गर्नुभयो । गगन थापासँग निर्वाचनमा प्रतिस्पर्धा गर्न अब एमालेका केन्द्रीय नेता नभई राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष नै पर्याप्त रहेको उल्लेख गर्दै नेता सिंहले युवा संघका नेताले नै गगन थापालाई हजारौं मत अन्तरले विजयी हुने दावी गर्नुभयो ।

गठबन्धनका नेताहरुले जननिर्वाचित हुने सपना बोक्न छोडिसकेको उल्लेख गर्दै नेता सिंहले कांग्रेसले विकास र समृद्धि गर्छ भन्नु र भोरु व्याउँछ भन्नु उस्तै उस्तै हो भनि विश्लेषण गर्नुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस अब सत्तामा आउने दिन समाप्त भयो । अब एमाले नै मुलुकको नेतृत्व गर्छ । हिम्मत भए निर्वाचनमा जाऔं । एमाले निर्वाचनमा जान तयार छ । जनताले दिएको जनमतलाई स्वीकार्न तयार हुनुस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021