न्यायालयको विवाद सुल्झाउने तयारीमा सरकार जुटेको छ : मन्त्री खाँड

जनपुरधाम, २२ कार्तिक । गृहमन्त्री बालकृष्ण खाँडले न्यायालयमा देखिएको विवाद सुल्झाउने तयारीमा सरकार जुटेको बताएका छन् ।

आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँडले न्यायालयको विवाद समाधानको लागि सरकारमा सहभागी दलले निर्णय गरेर सुल्झाउने तयारी गरेको बताए । 

उनले भने, “न्यायापालिकामा विवाद देखिएको छ । त्यहाँको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना छ, “न्यायालयको विवाद संवेदनशील र गम्भिर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार लागेको छ ।”

न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका तीनवटा अंगमा अहिले केही गतिरोध देखिएको उनले बताए । नागरिकता विधेयकलगायत महत्त्वपूर्ण विधेयक छिट्टै पास हुने उनको भनाइ छ । “सदन व्यवस्थित रुपमा नचल्दा ढिलाई भएको छ,” उनले भने, “विपक्षीकै कारण सदन सञ्चालनमा समस्या आएको छ ।”


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट माग्ने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा