आजको मौसम

काठमाडौँ, २२ कार्तिक । आज पनि देशका केही भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बिहान देशभर आंशिक बदली रहेको मासमी प्रणाली अनुसार दिउँसो तथा राति केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

आज दिउँसो देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू–भागका  केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । केही दिनदेखि मौसम देशभर एकै खालको छ । प्रदेश १ र गण्डकी प्रदेका केही भागमा छिटपुट वर्षा र यी प्रदेशका थोरै हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ । 

हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको विभागले जनाएको छ । यसैबीच, आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021