२०७४ को ‘सुपर’ भोटले केपी ओलीलाई ‘सुपर प्राइम मिनिस्टर’ बनायोः नेता बस्नेत

काठमाडौँ, २१ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले २०७४ सालमा भएको तीन वटै तहको निर्वाचनबाट एमालेले पाएको मत सुपर भएको उल्लेख गर्दै उक्त भोटले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ऐतिहासिक सुपर प्राइम मिनिस्टर बनाएको बताउनुभयो ।

मध्यपुर थिमी नगरपालिकाले आयोजना गरेको ‘गन्तव्य मध्यपुरको’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता बस्नेतले २०७४ सालको सुपर भोटले गर्दा नै मध्यपुरको मुहारमा ऐतिहासिक परिवर्तन भएको बताउनुभयो । उहाँले जनताको मतको उच्च मूल्याङ्कन गर्दै एमालेको नेतृत्वमा भक्तपुरमा विकास र समृद्धिको चारै तर्फका ढोकाहरु खुल्ला भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुरका जनताले हालेको भोट पहिलो पटक सदुपयोग भयो । २०७४ को भोट ‘सुपर’ भयो । तीन वटै तहमा एमालेलाई निर्वाचित गराई मध्यपुर थिमी नगरपालिकाको २०७४ सालको भोट सुपर भएको छ । जनताको विकास र समृद्धिको चाहना पुरा हुँदै गए । जनताको मतको उच्च मूल्याङ्कन भयो । २०७४ को चुनावले केपी ओलीलाई सुपर प्राइम मिनिस्टर बनायो । जसले गर्दा अहिले भक्तपुरका जनता ह्याप्पीनेशको इन्डेक्समा सवैभन्दा माथि छन् । जनचाहना अनुसारका कामहरु भएका छन् । नेपालको खुसी र सखी जनता बस्ने जिल्लाको रुपमा भक्तपुर हो भनि गौरवका साथ भन्न सक्छौं । यो हामीले चार वर्षमा गरेको मेहनत र प्रयासबाट सफल भएको छ । २०७४ को सुपर भोटले केपी ओली जस्तो सुप्रिम लिडर जन्मायो । केपी ओली सवै नेपालीको अभिभावक बन्नुभयो, सवैले फादर अफ द नेशनको उपमा दिइरहेका छन् । मुलुकको नेतृत्व गर्न आवश्यक ठानिरहेका छन् । केपी ओली नेतृत्वको सरकारको समयलाई सम्झीरहेका छन् ।’

२०७४ को जनताले दिएको भोटले नेकपा एमालेको नेतृत्वमा भक्तपुरको मात्र नभई मुलुकको विकासको नयाँ युगको शुरुवातको समय भएको दावी नेता बस्नेतले आधुनिकता टल्कने, संस्कृति झल्कने हुनुपर्छ भन्ने ओलीले विकासको मोडालिटी ल्याउनुभयोले सोही बमोजिम भक्तपुरमा काम भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्लामा २०० मिटरभन्दा बढी कालोपत्रे गरेको, सुरुङ्मार्ग, ठूला ठूला सडकको स्तरउन्नती, अक्सिजन प्लान्ट निर्माण, पाँच हजार क्षमताको आधुनिक हल बनाउने प्रकृया अगाडी बढेको, विद्यालय, स्वास्थ्य चौकी निर्माण भइसकेका छन् । रंगशाला, स्मार्ट सिटी, प्राणी उद्यान, खेल मैदान निर्माण, सम्पदा निर्माण, पर्यटकीय क्षेत्रलगायतका विकासलाई हेर्ने हो भने विकासमा हिडेकोमात्र नभई दौडिएको छ ।’ केपी ओलीको नेतृत्वमा भएको सरकारले गरेका राष्ट्रिय गौरवका आयोजनाहरु मुलुकको लागि ऐतिहासिक भएको उल्लेख गर्दै नेता बस्नेतले भन्नुभयो, ‘परमादेशवाला सरकारलाई जनादेशबाट वाई वाई गर्नेछौं । पुनः केपी ओली हाइ हाई, अरुलाई वाई वाई भन्दै मुल ढोकाबाट सिंहदरवारमा केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रवेश गराउने छौं ।’

जनताको गुनासोलाई स–सम्मान स्वीकार गर्ने उल्लेख गर्दै नेता बस्नेतले हनुमन्ते करिडोर निर्माणका क्रममा जनताले पाउनुपर्ने क्षतीपुर्ति तथा मध्यपुर क्षेत्रका जनताले घरनक्सा पास गर्न नपाएको गुनासोलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनभयो । हनुमन्ते जग्गा एकिकरण आयोजनाको माध्यमबाट जनतालाई जग्गाको क्षतीपूर्ति दिने प्रकृया अगाडी बढेको जानकारी गराउँदै नेता बस्नेतले उचित क्षतीपुर्तिको व्यवस्था गरी हुनमन्ते करिडोर तथा पेप्सीकोला सल्लाघारीको सडक निर्माण गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हनुमन्ते करिडोर निर्माण गर्दा क्षतीपूर्ति पाउँछौं कि पाउँदैनौं भन्ने मनको डर रहेको छ । तपाई ढुक्क हुनुस्, हामीले दुई वटै मेयर साव यहि हुनुहुन्छ, म उहाँहरुलाई साक्षी राखेर भन्दु हनुमन्ते करिडोर बन्छ, कुनै राजनीतिक आडमा रोक्ने प्रयास गरेको छ भने त्यो प्रयासमा नलाग्नुस् । उचित क्षतीपूर्ति पाउनुहुनेछ । हनुमन्ते जग्गा एकिकरण आयोजना सञ्चालन गरेर हनुमन्ते करिडोर एक बन्छ, दुई बन्छ, तीन बन्छ । पेप्सीकोला–सल्ला घारीको सडक बन्छ, हामीले बाखा बजारमा विकल्प खोज्छौं । निकोसेराका जनतालाई म भन्छु, विकल्प नखोज्नुस् । गुठीको जग्गाको सवै विकल्प अपनाएका छौं । भक्तपुरको गौरवका योजनालाई पुरा हुन दिनुस् । त्यसै गरी नक्सा पास हुन वाँकी रहेका झण्डै ११ सय वटा घरहरुको गुनासो आएको र त्यसलाई समाधानको बाटोमा अगाडी बढेको र घरनक्सा पासको समस्यालाई समाधान विकल्पसहितको प्रतिवद्धता रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021