जंगली हात्तीको आक्रमणमा एकजनाको मृत्यु

चितवन, २१ कार्तिक । चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राति ८ बजेको  समयमा कृष्ण लामा, सागर लामा र अर्का साथी शक्ती गुरुङ राप्तीको ड्याम साइडमा घुम्न गएको समयमा जंगली हात्तीले आक्रमण गरेको थियो । 

आक्रमणबाट कृष्ण लामा सामान्य घाइते र गुरुङ भाग्न सफल भएका थिए भने सागर लामा बेपत्ता भएका थिए । सागर लामालाई खोजतलास गर्ने क्रममा आज बिहान ७ बजेर ५० मिनेटको समयमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ खयरघारीस्थित लोथर खोलाको पारी पट्टि मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।