बसकाे ठक्कर दिँदा २ जनाको मृत्यु, ५ घाइते

हेटौँडा, २१ कार्तिक । तिहारका बेला देउँसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं १९ स्थित नेवारपानीमा गएराति उक्त दुर्घटना हुदा हेटौंडा–१५ का करिब २० वर्षीय सुजन विष्ट र चितवनका ३४ वर्षीय प्रेमबहादुर सिंहको मृत्यु भएको हो ।

यसैगरी घाइते हुनेमा हेटौंडा– १९ का १६ वर्षीय संगम नेपाली, ३५ वर्षीया तुलशा विष्ट, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी रहेका छन् । तीमध्ये २ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको र अन्यको हेटौँडाकै चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गए राति करिब ११ बजेतिर हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले ठक्कर दिएको थियो । बस अनियन्त्रित भएर देउसी खेलिरहेकाहरूको समूहमा पुगेर ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनापछि रूष्ट स्थानीयहरूकाे भीडले ठक्कर दिने बसमा आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021