लागूऔषधसहित दुई जना पक्राउ

जलेश्वर, २० कार्तिक । भारतबाट लागूऔषध बोकी नेपाल आएका दुई युवकलाई प्रहरीले महोत्तरीमा पक्राउ गरेको छ ।

सोनमा गाउँपालिका–३ का १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादवलाई गएराति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे भारत बिहारको सीतामढी जिल्लाको कन्हमा शहरबाट लागूऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका उनीहरूलाई प्रहरी टोलीले शंका लागी जाँच गर्दा लागूऔषधसहित पक्राउ गरिएको हो ।

ती युवकका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नुका साथै दुई थान मोबाइल र उनीहरुले चढी आएको भारतीय नम्बर बीआर ३० यू ६९५४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर । केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका

काठमाडौँ, २२ मंसिर । पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६

काठमाडौँ, २२ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति

काठमाडौँ, २१ मंसिर । सरकारले स्थानीय तहमा कार्यरत १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । संघीय मामिला

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021