खदम खोला किनारमा युवकको शव फेला

विराटनगर, २० कार्तिक । विराटनगरमा पहिचान नखुलेको एक जना युवकको शव फेला परेको छ ।

विराटनगर महानगरपालिका १६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा करिब २५/२६ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । पहिचानका लागि प्रहरीले मृतक युवकको हुलिया समेत उल्लेख गरेको छ ।

कालो रंगको टिसर्ट र कालै रंगको ट्राउजर, गोरो अनुहार, पाँच फिट चार इन्च उचाइ, कालो कपाल, घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्