‘कांग्रेसको विकास र छेपारोको उखान’ उस्तै होः नेता बस्नेत

भक्तपुर, २० कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कांग्रेसले मुलुकको विकास गर्छु भन्नु र छेपारोले घर बनाउँछु भन्नु उस्तै भएको दावी गर्नुभएको छ ।

नेकपा एमाले सूर्वविनायक वडा नं. ७ वडा कमिटीले शुक्रवार आयोजना गरेको शपथ ग्रहण तथा दिपावली, नेपाल सम्वत्, छठलगायतका चाडपर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरमा कांग्रेसले लामो समयसम्म नेतृत्व गर्दा निदाएर बस्ने गरेको आरोप लगाउनुभयो । कांग्रेसले निर्वाचन हार्दा यो वा त्यो विकास गर्छु भनि जनतालाई भ्रम छर्ने तर जितेपछि विकास र समृद्धिको यात्रामा निदाएर बस्ने गरेको उदाहरण सहित प्रस्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसको विकास भनेको छेपारोको उखान जस्तै हो । छेपारोले जब रात पर्छ अनि चिसो हुन्छ, त्यसपछि छेपारोले भन्छ, ‘म भोली घर बनाउँछु । भोली विहान जब घाम लाग्छ, त्यसपछि सुत्न थाल्छ, घर बनाउने कुरा विर्सन्छ । त्यस्तै कांग्रेस पछि जब चुनाव हार्छ अनि विकास गर्छु भन्छ । जब चुनाव जित्छ, तब विकास गर्न त कुरै नगरौं, निदाएर बस्छ । त्यसैले कांग्रेस भनेको छेपारो प्रवृक्ति भएको पार्टी हो ।’

एमालेका जनप्रतिनिधिहरु निर्वाचित भएसँगै भक्तपुरको विकास मुलुककै लागि नमुनायोग्य भएको उल्लेख गर्दै नेता बस्नेतले विकास हुन एमालेका जनप्रतिनिधि जस्तो विहान ६ बजेदेखी वेलुका १० बजेसम्म जनताको लागि खटेको बताउनुभयो । एमालेले गरेको विकास देखेर कांग्रेसका नेता तथा कार्यकर्तालाई डाहा लागेको नेता बस्नेतले उल्लेख गर्नुभयो ।

कांग्रेसले आफुलाई नै विश्वास गर्न सक्दैन नसक्ने उल्लेख गर्दै नेता बस्नेतले गुण्डुको सडक निर्माण गर्दा केहीलाई क्षतीपूर्ति दिने सरकार भएको र अहिले कांग्रेसकै नेतृत्वमा सरकार रहेको स्मरण गराउनुभयो । नेता बस्नेतले कांग्रेस नेतृत्वको सरकारले क्षतीपूर्ति नदिएमा आफ्नै नेतृत्वमा नगरपालिकासँग सहकार्य गरेर भएपनि क्षतीपूर्तिको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।

विकासको बाधक कांग्रेस रहेको स्पष्ट पार्दै नेता बस्नेतले कांग्रेसले १०/१२ जनालाई उचालेर विकासको विरोध गरिरहेको भन्दै आक्रोस जनाउनुभयो । बाहिरि ठाउँका मानिसहरु भक्तपुरको विकासलाई मार्गदर्शकको रुपमा हेर्न आउने गरेको उदाहरण प्रस्तुत गर्दै नेता बस्नेतले एमालेको नेतृत्व आएसँगै भक्तपुरको हेपिएको पेलिएको ठाउँहरु विकासित भएको दावी गर्नुभयो ।

महेश बस्नेत भक्तपुरमा जन्मिएकै कारण देउवा, प्रचण्ड, माधव लगायतका नेताहरुको राजनीतिक गतिविधिहरु अत्याधिक बढाएको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसको महिलाको अधिकारको कुरा गर्दा लाज पनि लजाएको भन्दै आक्रोस जनाउनुभयो । महिलाको अधिकारको कुरा गर्ने कांग्रेसले विगतमा एमालेको नेतृत्व नआउन्जेल भक्तपुरका महिलालाई लगाएको आक्षेप तथा व्यवहार झल्झल्ती आखाँमा रहेको स्मरण गराउनुभयो ।

कार्यक्रममा एमाले बाग्मती प्रदेशका सदस्य रजन केसी, भक्तपुरका अध्यक्ष बचन देउवा, राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष बचनबहादुर सिंह, जिल्ला सचिव तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेब थापा, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूनपा उपप्रमुख जुना बस्नेत, जिल्ला कमिटी सदस्य तथा वडा नं. ८ का वडाध्यक्ष किरण थापा, वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसी, जिल्ला कमिटी सदस्य मनकराम थापा, नगर अध्यक्ष तथा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, राष्ट्रिय युवा संघ, अनेम संघलगायतका जिल्ला पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नवनिर्वाचित वडा नं. ७ का ३१ जना एमाले वडा कमिटीका सम्पूर्ण सदस्यहरुलाई नेता बस्नेतले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021