हिमाल आरोहण गर्न गएका बेलायती नागरिकको मृत्यु

सोलुखुम्बु, २० कार्तिक । जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनकाअनुसार चिप्लिएर लडेका क्रिष्टायन बेहोस बनेपछि हेलिकप्टरमार्फत उद्धार गरि पासाङल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । शव परीक्षणका लागि काठमाडौँ लाने तयारी गरिएको भए पनि मौसम प्रतिकूलता कारण हेलिकप्टरले उडान भर्न नसक्दा लुक्लामा नै राखिएको बताइएको छ ।

क्रिष्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडौँमार्फत कात्तिक १० गते मेरापिक पुगेका थिए ।यस्तै यही कात्तिक २ गते सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ चाचालुङ ठेगाना भएका २५ वर्षीय पर्यटक भरिया जीवन कुलुङको पनि लेक लागेर मृत्यु भएको थियो । सोही दिन मेरापिक आरोहणमा गएका २९ वर्षीय छेतेन शेर्पा भारी हिमपातका कारण बेपत्ता बनेका थिए । उपकरणसहितको अन्तर्राष्ट्रिय माउण्टेन गाइडको टोलीले खोजतलास गरेको भए पनि उनको अवस्था अझै अज्ञात रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021