मुलुकको विकास र समृद्धिको नेतृत्वदायी मूमिका एमालेले गर्‍यो : अध्यक्ष ओली

काठमाडौँ, २० कार्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संविधानको संस्थागत कार्यन्वयन मार्फत मुलुकको विकास र समृद्धिको नेतृत्वदायी मूमिका निर्वाह गरेको दावी गर्नुभएको छ ।

अध्यक्ष ओलीले शनिबार भाइटिकाको शुभकामना सन्देश जारी गर्दै एमाले नेतृत्वको सरकारले विकास र समृद्धिक लागि प्रमुख भूमिकामा रहेर कामा गरेको बताउनुभयो । उहाँले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा आएका व्यवधानबिरुद्ध एकाबद्ध हुनुपर्नेसमेत आह्वान गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्र्न संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गर्यौ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो यस अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021