मन्त्री भएको केही दिनमै भ्रम छर्दै भक्तपुरका भडेल

भक्तपुर, २० कार्तिक । बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्री कृष्णलाल भडेल मन्त्री भएको केही दिनमै भ्रम छर्न लागेका छन् ।

शुक्रबार नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्य सिमितले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भडेलले भने “मलाई शारदा प्रसाद अधिकारीले भनेका छन् नगरकोट बाटो बनाउन एमालेका साथीहरूले अवरोध गर्नु भयो” ।

तर, एमालेको कसले नगरकोटको बाटो बनाउन अवरोध गर्यो त्यो उनले खुलाउन सकेनन् । सार्वजनिक पद धारण गरेको एउटा जिम्मेवारी मन्त्री जस्तो मान्छेले जे पायो तेहि बोलेको त्यो सुहाउँदो भएन, काङ्ग्रेस भक्तपुरका एक नेताले हामीसग भने । भौतिक पुर्वाधार जस्तो गरिमामय मन्त्रालय पाएका भडेल ठेक्कापटटा बाट राजनीतिमा उदायका व्यक्ति हुन् । एमाले बाटो निर्वाचित हरि शरण लामिछानेको निधन हुनु र नेकपाले उपनिर्वाचनमा डिपी ढकाललाई टिकट दिनु भडेलको भाग्य बलेको काङ्ग्रेस वृतमा चर्चा हुने गरेको छ ।

भक्तपुरबाट नगरकोट जाने सडक बनाउन जस लिने मसायले बोलेपनि उनी स्वयम् प्रचण्डसग ठेकेदार गुहारकोलागी माओवादी भक्तपुरका नेता डिपी ढकाललाई लिएर गएका थिए । १५.२ किलोमीटर भक्तपुर-नगरकोट सडक ठेक्का लागेको ८ वर्ष हुँदा समेत निर्माण सम्पन्न भएको छैन । त्यो नै राजनीति दलहरूलाई भोट माग्ने भाडो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021