नेपाली सेना अनुशासित र व्यावसायिक : मन्त्री रिजाल

महोत्तरी, १९ कार्तिक । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा. रिजालले इमानदारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गरे ।

“राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धरमराएन,” उनले भने, “नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।” सरकार सेनालाई अझ समयानुकूल दक्ष बनाउन पछि नपर्ने मन्त्री डा. रिजालको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा. रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा कांग्रेसको काँधमा मुलुकको खास जिम्मेवारी रहेको बताए । डा. रिजालले यो जिम्मेवारी निर्वाहका लागि कांग्रेस एकजुट हुन र दललाई मुख्य केन्द्रमा राखेर काममा जुट्न कार्यकर्तासँग अपिल गरे ।

भेटघाटकै क्रममा कार्यकर्ताले उठाएका जिज्ञासाको जवाफ दिँदै डा. रिजालले सैद्धान्तिक रू पमा पाँचदलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठिरहे पनि व्यावहारिक रूपमा चुनावमा शीर्ष नेताका केही सिटमा यो तालमेलको सम्भावना देखेको उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021