एमसीसी राष्ट्रघाती सम्झौता हो, कुनैपनि हालतमा पास गर्नुहुन्नः पूर्वमन्त्री साह

रौतहट, १९ कार्तिक । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमसिसी सम्झौता राष्ट्रघाती भएको जिकिर गर्दै त्यसलाई कुनैपनि हालतमा पास गर्न दिनु नहुने बताउनुभएको छ ।

दीपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटको फतुवा विजयपुर नगरपालिका–३, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साहले एमसीसी सम्झौता देश र जनताको लागि हितमा नरहेको र संसदबाट अनुमोदन गरेर यसलाई लागु गरे देशमा द्वन्द्व निम्तिने जिकिर गर्नुभयो । माओवादी केन्द्र र एकीकृत समाजवादी समेतको सहयोगमा काँग्रेस नेतृत्वको सरकारले एमसीसी पास गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उहाँले यसविरुद्ध जनता एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले देशमा एमसीसी सम्झौता गर्नका लागि सरकार लालायित छ । केही अर्ब पैसा अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु नतमस्तक छ । कांग्रेस मात्र होइन कम्युनिष्ट खोल ओढेका माधव र प्रचण्ड र जसपा र सा पार्टीका उपेन्द्र यादव पनि एमसीसी सम्झौता पारित गर्न मतियार बनेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021