प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच खटपटः गठबन्धनमा तरंग

काठमाडौँ, १९ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खटपट शुरु भएको छ । राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर चिठ्ठी पठाएको उहाँको दाबी छ ।

बिहीबार बेलायत भ्रमणबाट फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छौ भनेर प्रचण्ड र आफूले हस्ताक्षर गरेर पठाइसकेको दाबी गर्नुभएको थियो । प्रधानमन्त्री देउवाको अभिव्यक्तिले सत्तारुढ गठबन्धनमा तरंग आएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्छौं भनेर चिठ्ठी लेखेको प्रधानमन्त्रीको दाबीको खण्डन गर्नुभएको छ । एमसीसी सम्झौता गर्दा संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नभएको, तर त्यो थप्दा समस्या भएको उहाँले बताउनुभयो । देउसी खेल्न आफ्नो निवासमा आएका सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री देउवा स्वयंले त्यस्तो भनेको त होइन भनि संका गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन । हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसका निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ रु त्यसको निदान कसरी गर्न सकिन्छ रु भनेर उपाय निकाल्छौं भनेर लेखेको चिठ्ठी हो । हामी पास गर्छौं भनेर लेखेको होइन । पहिला सुरुमा सहमति हुँदा एमसीसी सम्झौता संसदमा लैजानुपर्ने, अनुमोदन गर्नुपर्ने केही थिएन । अमेरिकाले पैसा दिने, नेपालले दिने र विकास गर्ने भन्ने मात्र थियो । त्यतिबेला हामी पनि सरकारमा थियौं, शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो । त्यतिबेलाको अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा संसदमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरामा थिएन,’ उनले भने, ‘पछि त्यसमा त्यो थपियो । त्यसो हुँदा यसको पछाडि के हो त रहस्य भन्ने प्रश्न खडा भयो । र विवाद बन्न आयो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने