महाधिवेशन समयमै हुन्छ, जित-हारमा दुस्मनी नबढोस् : सभापति देउवा

भक्तपुर, १९ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताउनुभएको छ ।

काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले महाधिवेशन निर्धारित समयमा नै सम्पन्न हुनेमा विश्वस्त पार्न खोज्नुभयो । महाधिवेशन मंसिर २४–२६ मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन समितिको तयारी छ । सभापति देउवाले मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘जसले जे भनेपनि नपत्याउनुस् । अधिवेशन समयमा हुन्छ । अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन । निर्वाचन समितिको हातमा छ । मैले चाहेर पनि हुँदैन । त्यसकारण उहाँहरु महाधिवेशन गर्न प्रतिबद्ध हुनुहुन्छ । हाम्रो पार्टीको महाधिवेशन समयमै होस् भन्ने कुरामा निर्वाचन समितिका सदस्यहरु चिन्तित हुनुहुन्छ । मैले मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्देशन दिएको छु । उहाँले मंसिरभित्र सक्ने प्रतिबद्धता जनाउनुभएको छ । महाधिवेशनको तयारीमा लाग्नुहोला ।’

जिल्ला अधिवेशनबाट भक्तपुरमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सुझाव दिँदै सभापति देउवाले प्रतिस्पर्धा गर्दा जित र हार हुने भन्दै दुस्मनी बढाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरसक सर्वसम्मतिबाट सभापति बनाउनुस् । हुँदै हुँदैन भनेपछि स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस् । प्रतिस्पर्धामा जाँदा जीत हार हुन्छ । जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनुपर्ने हुन्छ । जित हारमा दुस्मनी नबढोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021