दुर्घटनामा चालकको मृत्यु

कर्णाली, १८ कार्तिक । दाङबाट तरकारी लिएर सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रा१च १३१० नंको जीप आज बिहान रत्न राजमार्गको झुप्राखोला नजिकै दुर्घटना भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा घोराही नगरपालिका–१३ का अन्दाजी २८ वर्षीय जीपचालक राजु विक रहेका छन् । प्रहरी निरीक्षक कनकबहादुर शाहीले दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि कालागाउँस्थित प्रदेश अस्पताल पुर्याउने क्रममा उनको मृत्यु भएको जानकारी दिए । 

सोही दुर्घटनामा लिवाङ नगरपालिका–३ रोल्पाका १६ वर्षीय लोकेन्द्र सुनार सामान्य घाइते भएका थिए । जीप सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्