११ जना जुवाडे पक्राउ

कास्की, १८ कार्तिक । कास्कीको माछापुच्छ«े गाउँपालिकाबाट प्रहरीले १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । 

माछापुच्छ«े–२ तातोपानी स्थित तातोपानीईन होटलमा बुधबार  जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई तास खेल्दै गरेका अवस्थामा रु १५ लाख २४ हजार ७० नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिप्रकाका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021