कांग्रेसले खटायो निर्वाचन अधिकृत

काठमाडौँ, १८ कार्तिक । नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा निर्वाचन अधिकृत तोकेको छ । कांग्रेसमा १३ जिल्लामा अझै वडा अधिवेशन हुन बाँकी छ ।

प्रदेश दुईका आठ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन हुन सकेको छैन । समितिले कैलालीमा यसअघि नै जिल्ला निर्वाचन अधिकृत पठाइसकेको छ । कैलालीमा टेकप्रसाद सुवेदीालाई मतदान अधिकृत तोकिएको हो ।

समितिले बुधबार साँझ मतदान अधिकृतको नाम टुंगो लगाएको हो । समितिका अनुसार सप्तरीमा डा. रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, सर्लाहीमा विनोद कार्की, महोत्तरीमा इन्द्र अधिकारी, रौतहटमा दीपकराज गिरी, बारामा ज्ञानेन्द्रपसाद अधिकारी र पर्सामा नरेन्द्र केसीलाई पठाइएको हो । त्यस्तै सुर्खेतमा मदन रेग्मी, बाँकेमा रेवतीरमण भट्टराई, डोल्पामा कुमारराज श्रेष्ठ र रसुवामा सुमन कुमार केसीलाई तोकिएको निर्वाचन समितिले जनाएको छ ।

रसुवा र रौतहटमा क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी छ । सदस्यता नटुंगिएपनि निर्वाचन समितिले भने निर्वाचन अधिकृत तोकेको हो । निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ को मिति तोकेको छ । परिमार्जित कार्यतालिका अनुसार पालिका अधिवेशन कात्तिक ३० गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर २ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021