रात्रीकालिन व्यवसायलाई सम्मानीत पेशाका रूपमा स्थापित गनुपर्ने माग

काठमाडौँ, १७ कार्तिक । रात्रीकालिन व्यवसायलाई सम्मानीत पेशाका रूपमा स्थापित गनुपर्ने मागसहित विश्वास नेपालले सरोकारवालासँग छलफल गरेको छ । विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले रात्रीकालिन व्यवसायमा राजधानीमा ६० हजार र देशभर आठ लाखले रोजगारी पाइरहेको भन्दै यस पेशामा काम गर्नेले समाजमा अझैपनि सम्मान नपाएको भन्दै त्यस्तो माग गर्नुभएको हो ।

विश्वास नेपालले रात्रीकालिन व्यवसायमा विभिन्न जिम्मेवारीमा काम गर्ने विशेष गरी महिला कर्मचारीको क्षमता अभिवृद्धि र पेशालाई मर्यादित बनाउन अपनाउनुपर्ने सावधानी, सीपको लागि तालिम र उनीहरूको हक÷अधिकारका लागि काम गर्दै आएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्ष विनोद श्रेष्ठले रात्रीकालिन व्यवसायमा पहिलेभन्दा अहिले धेरै सुधार र आन्तरीक नियम बनाएरै भएपनि संस्थागत बनाउदै लगेको बताउनुभयो ।

उहाँले कोभिड– १९ को महामारीपछि व्यवसायलाई परेको समस्या राख्नलाई व्यवसाय सुचिकरण पनि गर्नुपर्ने रहेछ भन्ने आफुलाई ज्ञान भएको र व्यवसायलाई दीर्घकालिन रूपमा सञ्चालन गर्ने हो भने व्यवसायी र त्यहाँ रोजगार गर्नेको पनि हितका लागि कदम चाल्नुपर्ने विचार गर्नुभयो । ठमेल पर्यटन परिषद्का उपाध्यक्ष राजुमान डंगोलले विगतमा क्यासिनोमा काम गर्नेलाई समाजमा हेलाको दृष्टिले हेर्थे, अहिले त्यस पेशामा काम गर्नेले इज्जत पाएका छन् भन्दै पेशालाई मर्यादित बनाउने व्यवसायीको पनि भुमिका हुन्छ भने कामदारले पनि निश्चित पोसाक लगाएर आफ्नो कामको सम्मान आफैंले पनि दिनुपर्ने धारणा राख्नुभयो ।

उपाध्यक्ष डंगोल हालै सरकारले रात्रीकालिन व्यवसायसम्वन्धी मापदण्ड बनाउने कार्यदलको सदस्य समेत रहनुभएको छ । त्यस सन्दर्भमा उहाँले, मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै रात्रीकालिन पेशालाई मर्यादित/सुरक्षित बनाउने, व्यवसायलाई पनि निरन्तर सञ्चालन गर्न सकिने विषयमा आवश्यक सुझाव दिएको बताउनुभयो ।

कार्यक्रममा विश्वास नेपालका कार्यकारी निर्देशक बालमाया आलेले केही सिप सिकेर सजिलै रोजगारी पाउन सकिने यस क्षेत्रमा काम गर्नेले समाजमा इज्जत दिलाउन संस्थाले गरेको पहल सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री बालकष्ण खाँणको रात्रिकालिन व्यवसाय सञ्चालन सम्वन्धी अधययन एवं मापदण्ड निर्धारण गर्न सहसचिव फणीन्द्रमणि पोखरेललको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, जिल्ला प्रसाशन कार्यालय काठमाडौँ तथा रात्रीकालिन व्यवसायसँग सम्वन्धीत निजी क्षेत्र र मजदुरका प्रतिनिधि सदस्यका रूपमा राखिएका छन् । कार्यदललाई एक साताभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको भएपनि काम पुरा भएको छैन । कार्यदलको प्रतिवेदनकै आधारमा होटल÷रेष्टुराँ तथा रात्रिकालिन मनोरञ्जन एवं पर्यटन व्यवसाय सञ्चालनसम्वन्धी मापदण्ड निर्धारण गरिनेछ । कोभिड महामारीका कारण २०७६ चैतयता रात्रीकालीन व्यवसाय ठप्प छ ।

सो कार्यदलमा होटल एसोसिएसन नेपाल –हान)का अध्यक्ष सिर्जना राणा, नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्ष विनोद श्रेष्ठ, ठमेल पर्यटन परिषदका उपाध्यक्ष राजुमान डंगोलले, हानको च्याप्ट। पोखराका सदस्य लक्ष्मण सुवेदी, भैरहवाका होटल व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ, नेपाल पर्यथन व्यवसायी सङ्घका अध्यक्ष दीपक महत, रेष्टुराँ÷बार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारी, होटल मजदुर प्रतिनिधी खेमराज खड्कालाई सदस्य र गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021