राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन आउने

बागलुङ, १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउने भएकी छन् । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिए । “अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउन लाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनुहुन्छ,” प्रजिअ कार्कीले भने । राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनको भनाइ छ ।

राष्ट्रपति आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ ।

सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्गकिमिमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ । पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ । रासस


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021