एमाले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने

काठमाडौँ, ११ कार्तिक । नेकपा एमालेले आगामी मङ्सिरमा गर्न लागेको दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार पाँच सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने भएको छ ।

बिहीबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दिनुभएको जानकारी अनुसार हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुने छन् । भूगोल कमिटीहरूबाट कुल ११ सय ९६ जना प्रतिनिधि छानिने छन् । बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५ सय ३६ प्रतिनिधि छानिने ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने र विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र

काठमाडौँ, १६ मंसिर । सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार

काठमाडौँ, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ रेलवे अध्यादेश–२०७८ जारी गरेसँगै धनुषाको इनरुवामा १४ महिनादेखि थन्किएका दुई थान  रेल

काठमाडौँ, १५ मंसिर । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा उम्मेदवारी दिने बताइएको छ । राप्रपाको एकता महाधिवेशन

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021