१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याइने

काठमाडौँ, ११ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालकालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपश्चात नेपालले पनि खोप ल्याउने तयारी गरिएको जानकारी दिए ।

“बाह्र वर्षमुनिका बालबालिकाका लागि लगाउने खोपको अहिले भारत र चीनमा दोस्रो चरणको सफल परीक्षण सकेर तेस्रो (अन्तिम) चरणको परीक्षण भइरहेको छ”, उनले भने, “तेस्रो चरणको सफल परीक्षण सकेर विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिइसकेपछि हामीले उक्त खोप ल्याउँछौँ ।”

भारत वा चीन जसले हामीलाई चाँडो खोप उपलब्ध गराउँछ सोही मुलुकबाट खोप ल्याइने तयारी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा