प्रधानमन्त्रीद्वारा कोरोनाको खोप चैतसम्म सबै नेपालीलाई पुर्‍याउन निर्देशन

काठमाडौँ, ११ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको अन्त्यसम्म निःशुल्क रूपमा कोभिड–१९ विरुद्धको खोप सबै नेपालीलाई पुर्‍याउन निर्देशन दिएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आज बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताहरूसँग मागेर तथा अपुगलाई खरिद गरेर भए पनि यो वर्षको अन्त्यसम्म सरकारको लक्ष्यबमोजिम सबै नेपालीलाई निःशुल्क खोप वितरण गर्न निर्देशन दिएका हुन् ।

उनले भने, “सरकारले यो वर्षभित्र सबै नागरिकलाई निःशुल्क खोप वितरण गरिसक्ने लक्ष्य लिएको छ, हामी विभिन्न देशहरूबाट निःशुल्क तथा खरिदको माध्यामबाट खोप ल्याएर यो लक्ष्य हासिल गर्नुपर्छ,” ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको प्रस्तुतिकरणअनुसार अहिलेसम्म कुल जनसङ्ख्याको ३४ प्रतिशतले पहिलो र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न देशबाट खोप आउन लागेको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार चीनबाट थप ४० लाख भेरोसेल खोप ल्याउन तयारी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021