एमाले अधिवेशन : आफ्नै क्षेत्रमा घनश्याम भूषाल पक्ष उम्मेदवार पराजित

बुटवल, ११ कार्तिक । नेकपा (एमाले)को सिद्धार्थनगर नगर अधिवेशनमा पार्टीका उपमहासचिव एवम् सोही क्षेत्रका संघीय सांसद घनश्याम भूषाल पक्षीय तीनैजना उम्मेदवारले पराजय ब्यहोरेका छन् ।

नगर अधिवेशनबाट अध्यक्षमा अर्का उपमहासचिव विष्णु पौडेल पक्षका उम्मेदवार चक्रबहादुर थापा विजयी भएका छन् । भुषाल निकट थानेश्वर पौडेललाई १०४ मत अन्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । २२३ मत खसेकोमा थापाले १६१ मत प्राप्त गर्दा पौडेलले ५७ मत मात्र प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा पनि पौडल पक्षका अर्जुनकुमार गिरी विजयी भएका छन । उनले १८७ मत प्राप्त गर्दा भूषाल पक्षकी लक्ष्मी केसीले ३४ मत प्राप्त गरिन् ।

सचिवमा पौडल पक्षकै नारायणप्रसाद भण्डारीले भूषाल पक्षका मनोजकुमार रिजाललाई १५४ मतले पराजित गरे । भण्डारी माओवादी केन्द्रबाट एमालेमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।