विराटनगर डिपोमा १४ लाख लिटर डिजेल भण्डारण थपिँदै

काठमाडौँ, ११ कार्तिक । डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ। मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख लिटर (१४ सय किलोलिटर) क्षमताका मट्टीतेल ट्यांकलाई डिजेलमा रूपान्तरण गर्ने काम अघि बढाएको हो।

मट्टीतेल ट्यांकलाई डिजेलमा कन्भर्जिङ गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल आयल निगम प्रदेश १ का प्रादेशिक प्रमुख अशोक शाहले बताए। ‘मट्टीतेलको खपत घटेपछि दुईवटा ट्यांक प्रयोगविहीन थिए,’ शाहले भने, ‘तिनै ट्यांकलाई डिजेलमा परिणत गरेका छौं।’ कात्तिकको तेस्रो सातासम्म कन्भर्जिङ गर्ने काम सम्पन्न हुने प्रमुख शाहले बताए।

डिजेलको पर्याप्त भण्डारण नहुँदा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट ल्याएको डिजेल सिधै पम्पमा डाइभर्ट गर्नुपर्ने अवस्था थियो। मट्टीतेलका तीनवटा ट्यांकमध्ये दुईवटालाई डिजेलमा रूपान्तरण गरेपछि अब सात सय १० किलोलिटर क्षमताको एउटा मात्र मट्टीतेल ट्यांक विराटनगर डिपोमा रहने छ। करिब दुई करोड ६० लाख रूपैयाँ खर्चेर डिजेल भण्डारण ट्यांक बनाउन लागिएको हो।

निगमको विराटनगर डिपोबाट पेट्रोल दैनिक करिब चार सयदेखि पाँच सय किलोलिटर र डिजेल करिब एक हजारदेखि १५ सय किलोलिटर बिक्री हुने गरेको छ। विराटनगरबाट प्रदेश १ का सुनसरी, सिरहा, सप्तरी, धनकुटा, मोरङ, सुनसरी, उदयपुर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, अखेलढुंगा, सोलुखुम्बुलगायत जिल्लामा इन्धन आपूर्ति हुने गरेको छ। विराटनगरमा अहिले आठ हजार नौ सय १० किलोलिटर क्षमताको डिजेल भण्डारण क्षमता रहेको छ। यो समाचार आजको नेपाल समाचार पत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021