बैदेशिक रोजगारीमा जाने गन्तव्यमा प्रतिवन्धले महिला झनै जोखिममा

काठमाडौँ, १० कार्तिक । स्वदेशमा पर्याप्त रोजगारी सिर्जना नहुनु, यहाँ गरिने कामको मूल्याङ्कन पनि नहुने र घरेलु कामदारका लागि विदेश जाने गन्तव्यहरूमा पनि रोक लाग्नुले नेपाली महिला झनै जोखिममा परेको सरोकारवालाहरूको ठहर छ । विदेश गएर दुःख पाए भन्दै जाने गन्तव्यमै प्रतिवन्ध लगाउनुभन्दा नीतिगत सुधार गरेर, सीप, दक्षतासहित रोजगारीमा पठाउन सके रोजगारीको समस्या पनि केही हदसम्म हल हुने र महिलाको रोजगारीको हकको सम्मान हुने उनीहरूको भनाई छ ।

आप्रवासी महिला कामदार समुह (अमकास) ले स्वदेशमा रोजगारीको सृजना नगर्ने र विदेश जान पनि रोक लगाउने गर्दा नेपाली दिदीवहिनीले भारतको बाटो हुँदै जाँदा झन् दुःख पाए भन्दै रोजगारीको हकको सम्मान गर्न आग्रह गरेको छ । अमकासका निर्देशक विजया राई श्रेष्ठले हाल सरकारले कुवेत, अरब, बहराइन, ओमान, दुवईलगायतका देशमा घरेलु कामदार महिला पठाउन प्रतिवन्ध लगाउँदा भारत विदेश जाँदा बढि जोखिम मोल्नुपरेको बताउनुहुन्छ ।

उहाँ–भन्नुहुन्छ, कोरोना महामारीमा लुकिछिपी भारत हुँदै नेपालले प्रतिवन्ध लगाएको मुलुकमा गएका महिला कामदारको अवस्था ज्यादै दयनीय भएको स्मरण गर्दै महामारी सुरू भएपछि अमकासले सञ्चालन गरेको सेल्टरमा करिब एकसयजना भन्दा बढि महिलाले क्वारेन्टाइन सेवा लिएको बताउनुभयो । अमकासले वैदेशिक रोजगारीबाट फर्किएका ६० जना महिलालाई नेतृत्व विकासको तालिम दिएर गाउँ, गाउँमा पठाएको छ ।

ति महिलाले वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने र त्यहाँ सामना गर्नुपर्ने सम्भावित खतराबारे पनि बुझाउने प्रयास गर्दछन् । अमकासले महिला कामदारहरूको सङ्गठन निर्माण गरी वैदेशिक रोजगारीका लागि जाँदा अपनाउनुपर्ने सावधानी, सिक्नुपर्ने सिप, जाने गन्तव्य मुलुकको भाषा र त्यहाँको कानुन समेत सिकेर जान आग्रह गरेको छ । आप्रबासी कामदार महिलालाई वित्तिय साक्षरता, समस्यामा परे काुननी सहयोग, उद्यमसिलता विकासमा सहयोग गर्दै आएको छ ।

सन् २०१६ मा अमकासको स्थापना गरी वैदेशिक रोजगारीमा जाँदा दुःख पाएका महिलाको कानुनी हक, अस्थायी संरक्षण गृहको सेवा दिंदै आएको छ । यस संस्थाले स्थानीय, प्रादेशिक, सङ्घीय, क्षेत्रिय तथा विश्वव्यापी तहमा आप्रवासी कामदारको हक, हितका लागि काम गरिरहेको छ । वैदेशिक रोजगारीमा जानै प्रतिवन्ध लगाउनु, महिलाको स्वतन्त्र हिडडुल गर्ने, चाहेको पेशा व्यवसाय, रोजगारी गर्ने अधिकारको हनन हुने भएकोले प्रतिवन्ध लगाइएका राष्ट्रमा रोजगारीका लागि खुला गरी त्यहाँ जाँदा सिक्नुपर्ने भाषा, त्यहाँको कानुन र पेशागत सीपमा दक्ष बनाउनु राज्यको दायित्व हो, निर्देशक विजया भन्नुहुन्छ ।

सरकारले प्रतिवन्ध लगाएका देशमा स्वदेशबाट जान नपाएपछि भारतको बाटो गरी गएका नेपाली महिलाले विदेशमा समस्या झेल्दा उद्धार गर्दै आएको समाचार सार्वजनिक हुने क्रम रोकिएको छैन । समस्याबाट भाग्नुभन्दा समाधान खोज्नुपर्ने, स्वदेशमै रोजगारीको सृजना गर्नुपर्ने सुझाव दिंदै स्वदेशमा गरिने घरेलु कामको सम्मान र सम्मानजक तलब भए जोखिम मोलेर विदेश जाने क्रममा कमि आउने उहाँ दावी गर्नुहुन्छ । भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जाने हुँदा त्यस्ता महिला कामदारको सरकारी स्तरमा कतै रेकर्ड पनि नहुँदा उद्धारका लागि समस्या हुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
शिवा तामाङ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021