एमाले रुकुम पूर्व र रुकुम पश्चिमले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा नयाँ नेतृत्व चयन

काठमाडौँ, १० कार्तिक । नेकपा (एमाले) रुकुम पूर्व र रुकुम पश्चिमले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।

मंगलबार रुकुम पूर्वका ३ वटा र रुकुम पश्चिमका ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । नेकपा एमाले रुकुम पूर्वका जिल्ला सचिव लिलामणी गौतमका अनुसार जिल्लाको सिस्ने गाउँपालिकामा हरिहर पौडेल अध्यक्ष, गणेश रेउले उपाध्यक्ष, देबिलाल गिरी सचिव, बिष्णु देबकोटा र मान बहादुर खड्का उप सचिवमा चयन हुनु भएको छ । त्य

सैगरी भुमे गाउँपालिकामाको अध्यक्षमा कमानसिंह डाङी, उपाध्यक्षमा ताराप्रसाद पुन मगर, सचिवमा दलबहादुर बि क, उपसचिवमा दिपा सुनार र उप सचिव सिजन कुमार नेपाली चयन हुनुभएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा मोहनभक्त बुढा मगर अध्यक्ष, साईधन बुढामगर उपाध्यक्ष, लक्ष्मण बुढा मगर सचिव पदमा चयन हुनुभएको बताईएको छ । यस्तै रुकुम पश्चिमका सबै पालिकाको अधिवेशन गरि पार्टीको पदाधिकारी सहितको नयाँ नेतृत्व चयन गरेको जिल्ला प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार मुसिकोट नगरपालिकामा थल बहादुर ओली को अध्यक्षतामा ७५ सदस्यीय कमिटी, चौरजहारी नगरपालिकामा अतिराम ओलिको अध्यक्षतामा ७५ सदस्यीय कमिटी र आठबिसकोट नगरपालिकामा दिनेश चन्दको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन गरिएको छ ।

यस्तै जिल्लाको बाफिकोट गाउँपालिकामा ब्युँझना पुन देवकोटाको अध्यक्षतामा ७५ सदस्यीय कमिटी, त्रिवेणी गाउँपालिकामा डिल्ली बहादुर ओलीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी र सानीभेरी गाउँपालिकामा लोक बहादुर खड्काको अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन भएको बताईएको छ । सबै ठाउँमा उत्साहका साथ अधिवेशन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटीले बताएको छ । आगामी मंसिरमा हुने दशौ महाधिवेशनका लागि नेकपा एमालेले अहिले वडाको सकेर स्थानीय तहको अधिवेशन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ । समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को

काठमाडौँ, ६ वैशाख । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर

काठमाडौँ, ५ वैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई