एक जना मृत फेला, दुई बेपत्ता

बैतडी, १० कार्तिक ।  बैतडीको पाटन–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मंगलबार मृत फेला परेका छन् । पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

बजार जान्छु भनी सोमबार घर निस्केको र साँझ घर नफर्केपछि पहरीको शव मंगलबार बिहान गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको हो । बाख्रा चराउन गएका गोठालाले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । पहरीको टाउको र शरीरमा चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।   

मृतक पहरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । यसैबीच नदीमा बगेर बेपत्ता भएका बैतडीका दुई जनाको अवस्था अज्ञात रहेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–५ का २९ वर्षीय गोपाल ओडको अवस्था अज्ञात रहेको हो  । गोपाल  कात्तिक १ गते माछा मार्ने क्रममा चौलानी नदीमा बेपत्ता भएका थिए ।  

बेपत्ता ओडको खोजी कार्य जारी रहेको भए पनि अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए । जमाडी खोलामा बच्चासहित हाम फालेकी डिलाशैनी–४ मठैराजका गोविन्द विष्टकी श्रीमती २८ वर्षीय जयन्ती विष्ट पनि अझै भेट्टिएकी छैनन् । यही कात्तिक २ गते पाँच वर्षीय छोरा सुभमसहित जयन्तीले जमाडी खोलामा हाम फालेकी हुन् ।  

सुभमको शव भने दोगडाकेदार गाउँपालिका–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको छ । जयन्तीको अवस्था भने अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा