आजको राशिफल

आज मिति २०७८ साल कात्तिक १० गते बुधबार । इश्वी सन् २०२१ अक्टोवर २७ । शकसंवत् १९४३ । नेपाल संवत् ११४१ कौलागा । राक्षस दक्षिणायन । शरद । कात्तिक कृषणपक्ष । तिथि षष्ठी, ६ :४७ बजे उप्रान्त सप्तमी । नक्षत्र पुनवशु, ३० :३९ बजे उप्रान्त तिष्य । योग सिद्ध, २४ :२७ बजे उप्रान्त साध्य । करणवणिज ६ :४७ बजेदेखि भद्रा, १९ :३५ बजे उप्रान्त कोलव । चन्द्रराशि मिथुन । आनन्दादि योग गद । दिनमान २७ :५६ । सूर्योदय ६ :१२ सूर्योस्त १७ :२२ ।

मेष : आर्थिक समृद्धि प्राप्त हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । विद्यार्थी वर्गको लागि राम्रो समय छ ।

वृष : आफन्तको सहयोग अन्तिम समयमा नहुनाले आर्थिक क्षति हुनेछ । मित्रजनको सहयोग लिनु होला स्वास्थ्यमा समस्या देखा पर्नेछ ।

मिथुन : अध्ययन अध्यापनमा रुचि जाग्नेछ । शत्रुद्वारा दुःख दिन सक्नेछ । बोल्दा विचार गर्नुहोला मध्यान्हपछि कार्यसफला हुनेछ ।

कर्कट : बोलिको प्रभाव बढ्नेछ । नयाँ कार्य तथा अवसर प्राप्त हुनेछ । आर्थिक सहयोग प्राप्त हुनेछ । प्रेममिलन हुने योग रहेकोछ ।

सिंह : मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ । आर्थिक हिताविना हुने हुदाँ लेनदेनगर्दा निकै विचार गर्नुहोला । सन्ध्याकालपछि पेटसम्बन्धी समस्या आउन सक्नेछ ।

कन्या : अध्ययनको लागि नयाँ ठाँऊ तथा यात्रा गरिनेछ । कृषक वर्गको लागि निकै फलदायी समय रहनेछ । राजनैतिक व्यक्तित्वहरूको लागि त्यति राम्रो नरहला।

तुला : व्यपार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । पारिवारिक वा नजिकैको आफन्तमा दुःखद् खबर सुन्न पर्नेछ । मित्रमिलन हुनाले सन्ध्याको समय रमाइलो हुनेछ ।

वृश्चिक : सामाजिक कार्यमा दिन बित्नेछ बोलीको प्रभाव बढ्नेछ । अध्ययन गर्ने रुचि बढ्नेछ । वैदेशिक कार्य बन्नाले उत्साह थपिनेछ ।

धनु : आर्थिक संकट उत्पन्न हुनेछ । मित्र जनदेखि धोखा पाइनेछ । रोजगारिको अवसर मिल्नेछ । प्रेम प्रेमिका विच सामान्य विवाद उत्पन्न हुनेछ ।

मकर : पारिवारिक मेलमिलाप बढ्नेछ । कामगर्ने उत्साह थपिनेछ । महत्वपूर्ण भेटघार हुनेछ । टाउको दुःखाई मध्यान्हपछि बढ्नेछ ।

कुम्भ : कम मिहिनत गर्दापनि आर्थिक समृद्धि प्राप्त हुनेछ । रोकिएका कामहरू बन्नेछन । स्वास्थ्यमा सुधार आउनेछ । प्रेम मिलन हुनाले उत्साह थपिनेछ ।

मीन : स्वास्थ्यमा समस्या आउनसक्छ । महत्व पूर्ण भेटघाट हुनेछ । नयाँ कार्य गर्ने सु -अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २१ सय