ओलीको प्रश्न : परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनु उपयुक्त होइन र ?’

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट भर्चुअल माध्यमबाट स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?’

 अध्यक्ष ओलीले अहिलेको सरकार पञ्चरंगी भएको टिप्पणी गर्दै उनले गठबन्धनको सरकारको कार्यक्षमता देखिएको पनि बताए । “यो पञ्चरंगी सरकार, गठबन्धनवाला सरकार जति मिले पनि कार्यक्षमता के हुँदो रहेछ हामीले अहिले देख्यौँ,” उनले भने ।

ओलीले सबै मिलेर एमालेको सरकारलाई साढे तीन वर्षमा हटाइएको बताए । उनले अदालतलाई विवादको थलो नबनाउन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021