भूमिहीनको व्यवस्थापन हुन्छ : मन्त्री श्रेष्ठ

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको भन्दै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने बताइन् ।

‘गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ,’ उनले भनिन् । गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कर्मचारीहरुले कार्ययोजना बनाइरहेको उनले जानकारी दिइन् ।

फरक प्रसंगमा मन्त्री श्रेष्ठले सुकु्म्बासी समस्या समाधानका लागि संविधान अनुरुप गरिने कार्य गरिने बताइन् । ‘जनताले संविधानप्रदत्त अधिकार प्रयोग गर्न पाउनुपर्छ,’ उनले भनिन् । लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उनले भूमिहीन जनताको छिटो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021