गणेशमानबाट त्यागको राजनीति सिक्नुपर्छ : नेता सिंह

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा नहुने बताएका छन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले आज काठमाडौंमा आयोजना गरेको ‘नेसनल टेनिस टुर्नामेन्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले आफ्नै नेतृत्वमा प्रजातन्त्र स्थापना भएपपछि गणेशमानले तत्कालीन राजाबाट प्रधानमन्त्रीको अफर पनि लत्याएको बताए ।

“उहाँको मनसाय राजाले बनाएको प्रधानमन्त्रीभन्दा पनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देश दिनु नै थियो । उहाँले आफ्नो स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा कठिन थियो,” उनले भने ।

प्रजातन्त्र स्थापनाको निम्ति आफ्नो जीवनभर संघर्ष गरेको भन्दै उनले नेपाली राजनीति र दलका नेताहरूले गणेशमानबाट त्यागको भावना सिक्न नसक्दा जनतामा निराशा छाएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021