मुस्कान खातुनलाई प्रदेश-२ सरकारद्वारा पुनः ५ लाख सहयोग

जनकपुरधाम, ९ कार्तिक । एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई प्रदेश २ सरकारले दोस्रो पटक पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

यसअघि नै प्रदेश २ सरकारले खातुनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । खातुनको उपचार जारी रहेकाले उनलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसअघि वीरगञ्ज महानगरपालिका कार्यालयले २ लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट एक लाख गरी जम्मा ३ लाख रुपैयाँ खातुनको उपचारका लागि प्रदान गरिएको थियो । त्यस्तै, खातुनको उपचारका लागि संघीय सरकारले पनि रु ३ लाख सहयोग उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021