हुलाकी सडकले दक्षिणी भेगको मुहार फेरिन्छ : अध्यक्ष ओली

दमक, ९ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको दीपावली, छठ तथा नेपाल संबको शुभकामना आदानप्रदान कार्यक्रममा उनले हुलाकी सडकले पूर्णता पाए मात्र दक्षिणी भेगको विकास हुने र त्यसमा आफूले सक्दो सहयोग गर्ने बताए । 

हुलाकी सडकको काम आफू नेतृत्वको सरकारले सुरुआत गरेको प्रसङ्ग कोट्याउँदै ओलीले भने, “हुलाकी सडक आफैँ बनाउँछु भनेर काम थालेको धेरै प्रतिशत काम सकिसकेको रहेछ । पूर्णरूपमा निर्माण भइसकेपछि हुलाकी सडक सम्झँदा मलाई सम्झिनु हुन्छ ।”

हुलाकी सडकमा पर्ने सीमावर्ती गौरीगञ्ज बजारलाई आफू प्रधानमन्त्री भएका बेलामा स्मार्टसिटीको रूपमा विकास गर्ने भनेर काम सुरु गरेको बताउँदै उनले अब देशभरिका स्मार्टसिटीका रूपमा गौरीगञ्जले छिट्टै फड्को मार्ने बताए ।  उनले भने, “गौरीगञ्ज सहर पहिलाको जस्तो होइन, आधुनिक गौरीगञ्जका रूपमा विकासित हुनेछ ।”

देशलाई स्थायी समृद्धिको यात्रामा लैजान आफ्नो सरकारका पालामा प्रशस्त काम भएको चर्चा गर्दै उनले भने, “फुसको छाना हटाएर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, प्रमाणपत्र राखेर ऋण दिने, रु एक लाखसम्मको स्वास्थ्य बिमा कार्यक्रम, महिला सशक्तीकरणको सवालमा उल्लेखनीय काम भएका छन् ।” रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021