आजको राशिफल

आज मिति २०७८ साल कात्तिक ९ गते, मंगलबार । इश्वी सन् २०२१ अक्टोवर २६ । शकसंवत् १९४३ । नेपाल संवत् ११४१ कौलागा । राक्षस, दक्षिणायन, शरद । कार्तिक कृष्णपक्ष । तिथि षष्ठी, ३०:४७ बजे उप्रान्त सप्तमी । नक्षत्र आद्र्रा, २८:३५ बजे उप्रान्त पुनर्वशु । योग शिव, २४:१८ बजे उप्रान्त सिद्ध । करण गर १७:५४ बजेदेखि वणिज, ३०:४७ बजे उप्रान्त वव । चन्द्रराशि मिथुन । आनन्दादि योग चर । दिनमान २७:५९ सुर्योदय ६:११ सुर्योस्त १७:२३  बजे।

मेष : मनमा उत्साह थपिनेछ । भेटघाटले खुसियाली साटासाट गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ। राजनैतिक किचलो बढ्नेछ ।

वृष : आर्थिक क्षेत्रमा सुधार आउनेछ । अध्ययनमा रुचि कम हुनेछ । हनुमान चालिसा पाठ तथा हनुमानको दर्शन गर्नाले आँटेको काम पुरा हुनेछन् ।

मिथुन : अध्ययन अध्यापनमा समय व्यतित हुनेछ । सन्ध्याकालमा भोजभतेरमा सहभागि हुनुहुनेछ । दाजुभाईको सहयोग प्राप्त हुनेछ ।

कर्कट : सामान्य कुराले ठूलो विवाद ल्याउनेछ । कम बोल्नु होला अध्ययनको लागि यात्रा गर्ने योग छ । बुबा आमासंग सम्पर्कमा रहनु होला ।

सिंह : आर्थिक तथा सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ । सोचेअनुसार कार्य सम्पन्न हुनाले मनमा उत्साह थपिनेछ । चराचुरूङ्गी लाई चारो दिनुहोला ।

कन्या : प्रेम मिलन हुनाले निकै उत्साह थपिनेछ भने व्यपारिक वर्गको लागि सोचेअनुसार दिन रहने छैन । कुकुरलाई खुवानु तथा भैरव दर्शन गर्नाले राम्रो हुनेछ ।

तुला : महत्वपूर्ण भेटघाट तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागि हुने अवसर मिल्नेछ । राजनैतिक क्षेत्रमा धोका हुनसक्ने छ । बोल्दा विचार गर्नुहोला ।

वृश्चिक : बोलिको प्रभाव बढ्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ । खानपिनमा ध्यान दिनुहोला ।

धनु : मित्रवन्धुलाई आर्थिक सहयोग गर्नपर्ने हुन्छ । पारिवारिक भेटघारमा व्यस्त भइने छ । शत्रु बढ्नेछन निकै सजग रहनु होला ।

मकर : दाजुभाइसंग पैतृक सम्पतिमा विवाद उत्पन्न हुनेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । दिन समग्रमा शुभ नै रहनेछ ।

कुम्भ : आर्थिक समृद्धि हासिल गरिनेछ । आमा बुवाको कृपा आशिर्वाद प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

मीन : सामाजिक क्षेत्रमा सहयोगको लागि दिन त्यतै वित्नेछ । प्रेमि तथा प्रेम मिलन हुनाले मनमा उत्साह थपिनेछ । खानपिनमा ध्यान दिनुहोला।

ज्योतिष अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी