समाचार सम्प्रेषण गर्दा गोपनीयताबारे विशेष ध्यान दिनुपर्नेमा जोड

काठमाडौँ, ८ कार्तिक । प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी समाचार सम्प्रेषण गर्दा ऐन, कानुनमा भएका व्यवस्था र व्यक्तिगत गोपनीयताबारे पनि जानकारी राख्नुपर्ने बताईएको छ ।

वियोण्ड वेइजिङ कमिटीले सोमवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी कृष्णा पौडेलले ‘सुरक्षित गर्भपतन सम्वन्धी अधिकारको वकालतमा सञ्चारको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै समाचारमा छापिने शब्द, भाषाका कारण महिला र उनका परिवारीक जीवन समेत समाप्त हुने भएकोले व्यक्तिगत हक हनन नहोस् भन्ने तर्फ पनि सजग हुनुपर्ने बताउनुभयो ।

सुरक्षित गर्भपतन सम्वन्धी कानुन भएर पनि बहुसङ्ख्यक महिलाले त्यसको लाभ नलिएको र नाम परिवर्तन भन्दै बाँकी सबै तथ्य सञ्चारमाध्यममा सार्वजनिक हुँदा महिला र उनका परिवारको जीवनमा असर परिरहेको बताउनुभयो । कार्यक्रममा वियोण्ड बेइजिङ कमिटीका अध्यक्ष सुशिला श्रेष्ठले कमिटीले उठाउने थुप्रै मुद्दामध्ये महिलाको शरीरमाथिको नियन्त्रण उनकै हुनुपर्छ भन्दै ‘सि डिसाइड्स’ भन्ने अभियान नै चलाइएको बताउनुभयो ।

उहाँले महिलाको आफ्नो शरीरमाथिको नियन्त्रण उनको नभएर परिवार, पति, नातागोता वा नेपाली समाज भएर पनि गर्भपतनको अवस्थाको समस्यामा बढि परेको दावी गर्नुभयो । समतामुलक समाज निर्माणको लागि महिला समानताको लागि नै महिलाले निर्णय लिन सक्ने क्षमता विकासमा कमिटीले जोड दिने बताउनुभयो । त्यसैगरी जनस्वास्थ्य विद् डा. लक्ष्मी तामाङले गर्भपतनलाई गर्भनिरोधकको रूपमा लिने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने बताउनुभयो ।

उहाँले अनिइच्छाएको, विकलाङ्ग, हाडनाता करणीलगायत आमाको स्वास्थ्यमा गम्भिर असर हुने भएको अवस्थामा मात्र सुरक्षित गर्भपतनको सेवा लिन ऐनले निर्देश गर्छ, तर गर्भपतनलाई सामान्य मान्ने प्रवृत्ति र कतिपयको आम्दानीको राम्रो स्रोतको रूपमा यसलाई लिनुले जनसङ्ख्याको अनुपातमा गम्भिर असर पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै