मधेशमा सीकेको उच्छृंखता

काठमाडौँ, ८ कार्तिक । चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले उग्र र उच्छृंखल गतिविधि गर्न थालेका छन् । ‘स्वतन्त्र मधेस’को नारा त्यागेर शान्तिपुर्ण राजनीतिमा आउने सहमति गरेका राउतका कदमप्रति कर्मचारीदेखि जनप्रतिनिधिसम्म असन्तुष्ट बनेका छन् ।

‘राउतका कार्यकर्ताको यस्तो गतिविधि अराजक र आतंकवादी शैलीको छ, ‘जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह भन्छन्, ‘आफूलाई राजनिीतिक पार्टी भन्नेहरुबाट यसप्रकारको उदेड गतिविधि हुनुले संघीयतामाथि नै प्रश्न उठाउँछ । सभ्य समाजमा यस्ता अमानवीय क्रियाकलाप हुनु ठूलो दुर्भाग्य हो ।’उनीहरुले गत बिहीबार खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहमाथि दुव्र्यवहार गरेका थिए । जनकपुरधाम ८ बलवा टोलस्थित राउतका घर अगाडि खाल्डो नपुरेको र वार्षका कारण पानी निकासमा समस्या भएको भन्दै कुशवाहालाई अर्धनग्न बनाई हिलो छ्यापेर नगर घुमाएका थिए ।

लाठी, भाटासहित सरकारी कार्यालय पुगेका उनीहरु अराजक रुपमा प्रस्तुत भएको जनाइएको छ। उक्त घटनाप्रति पेसागत संघसंगठनले विरोध जनाएका छन । जसमा नेपाल इन्जिनियर एसोसिएसन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामति कर्मचारीकाे आधिकारिक ट्रेड युनियन, नेसनल इन्जिनियर्स एसोसिएसन नेपाल, नेपाल तराई इन्जिनियर्स मिाज र मधेसी डेमोक्रेटिक सोसाइटी छन् । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021