गाई काट्ने रोल्पाली नेतृलाई मुद्दा नचलाउन माओवादी नेताको दवाव

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ परेका छन् ।

रुन्टीगढी गाउँपालिका–१ लापालमा गत मंगलवार साँझ गाई काटेको विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक जीवराज थापाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले माओवादी केन्द्रकी नेत्री चन्द्रकली घर्ती (४० वर्षिया) सहित १३ जना पक्राउ गरेको हो ।

उनीहरुलाई मासु भाग लगाइरहेको समयमा पक्राउ गरेको होलेरी प्रहरीले बताएको छ । पक्राउ पर्नेहरू सबै एउटै गाउँका स्थानीयहरू हुन् । पक्राउ पर्नेहरूमा २० वर्षीय नोखनारायण घर्तीमगर (आकाश), २३ वर्षीय लालबहादुर पुन, २२ वर्षिया ठगि घर्तीमगर, ४० वर्षिया मैना घर्तीमगर, ३७ वर्षिया पवित्रा घर्ती, ४९ वर्षीया लक्षिमा राना, ३६ वर्षीया देउचनी घर्ती, ४० वर्षीया खीमा रानामगर, ३४ वर्षीया गौसरी घर्ती, ३९ वर्षीया सौरी रानामगर, १९ वर्षीया आशाकुमारी घर्ती र ५४ वर्षीय चन्द्रबहादुर राणा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अदालतबाट एक हप्ताको म्याद थप गरी अुनसन्धान भइरहेको प्रहरी निरक्षक थापाले बताउँछन् । गाई काट्ने टोलीकी नाइके चन्द्रकली घर्ती ०७४ सालको स्थानीय निर्वाचनमा रून्टीगढी गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार हुन्। उनी चुनावमा पराजित भएकी थिइन् । निर्वाचनमा पराजित भएपछि घर्तीले गाई काट्दै मासुको व्यापार गर्दै आइरहेको स्थानीयको दावी छ ।

उनीहरूका अनुसार माओवादी केन्द्रका नेताहरुलाई गाईको सुकुटी बनाउदै दाङ, नेपालगन्ज, बुटवलसम्म पुर्याउने गरेको उनीमाथि गम्भीर आरोप छ । प्रहरी हिरासतमा रहेकी घर्तीलाई छुटाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र प्रदेश संसद दिपेन्द्रकुमार पुन र स्थानीय नेताहरू लागिपरेको स्रोतको भनाइ छ । माओवादी नेताहरूले प्रहरी कार्यालयसम्म विषेश दूतका रुपमा प्रदेश सदस्य गोविन्द पुनलाई खटाईएको हुन सक्ने आंकलन गरिएको छ । पुन दैनिकजसो ईलाका प्रहरी कार्यालय होलेरीमा धाइरहेका छन् ।

माओवादी केन्द्रको माथिल्लो तहका नेताहरूले प्रहरीलाई मुद्दा अघि नबढाउन दबाब दिँदै आइरहेकौ वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021