एमाले अध्यक्ष ओली झापा पुगे

काठमाडौँ, ७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । लेखराज भट्टलगायतका पार्टिका नेताहरुका साथ अध्यक्ष ओली मध्याह्न १२ बजे गृहनगर झापा पुगेका हुन् ।

एमालेको वडा अधिवेसन सकिएको भोलिपल्ट झापा पुगेका ओली तीन दिन प्रदेश १ मा रहने भएका छन् । ओलीले अहिले केहिबेरमा बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भोलि गौरादह नगरपालिका–५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि ओलीले त्यसपछि गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदनाप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी पर्सि ९ गते पार्टी नेताहरूसँग छलफल गरेर काठमाडौं फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021