पूर्वप्रधानन्यायाधीशको घरदैलोमा प्रधानन्यायाधीश जबरा

काठमाडौँ, ६ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई भेटेका हुन् ।

असोज २६ को बिहान साढे १० बजे पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निवास पुगेका जबरा २७ गते दिउँसो ३ बजे कार्की निवास पुगेका थिए । २८ को बिहान ११ बजे रायमाझी र दिउँसो ३ बजे शर्माकहाँ पुगेका थिए ।

एकपछि अर्को विवादास्पद कदमका कारण चुनौतीले घेरिएका जबराले सहानुभूति खोज्न अग्रजहरूलाई भेटेको कानुन व्यवसायीहरूले बताएका छन् । चार पूर्वप्रधानन्यायाधीशलाई (वारेस पनि नराखी) आफैं हाजिर हुन आदेश दिने न्यायाधीश मनोजकुमार शर्मालाई नै लिएर जबरा घरघरमा गएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा त्यस्तो कदमलाई असंवैधानिक भन्दै चारै जना पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति जारी गरेका थिए । तर त्यही अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै मुद्दा दर्तामात्र भएन, न्यायाधीश मनोज शर्माको इजलासले पूर्वप्रधानन्यायाधीशलाई उपस्थित हुन आदेश दिएको थियो ।

उनीहरू जवाफ लिएर सर्वोच्च पुगेका थिए । गत असोज १५ मा प्रधानन्यायाधीश जबराले उक्त मुद्दा आफ्नै इजलासमा राखेर दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा लोक सेवा