बारा, ६ कार्तिक । लागुऔषध चरेशसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बारा प्रहरीका अनुसार नेपालबाट भारततर्फ लाँदै गर्दा मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियारलाई पक्राउ गरेको हो ।
ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको थियो । बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।