बन्दी गृहमा भएको मृत्यु प्रकरण : सत्यतथ्य बाहिर ल्याउन सरकार प्रतिबद्ध

काठमाडौँ, ३१ असोज । सरकारले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ  । 

गृह मन्त्रालयमा आज मुस्लिम समुदायसँगसम्बन्धित सङ्घ संस्थाका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो काम रहेको बताए । उनले सामाजिक सद्भाव कायम गरी सत्यतथ्य बाहिर ल्याउन सरकार र आफू संवेदशील रहेको बताए । सबै नागरिक आफ्नो धर्म संस्कृति अवलम्बन गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उनले सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको त्यसमा आफू प्रतिबद्ध रहेको बताए ।

ज्ञापनपत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानविन समितिलाई भङ्ग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानव अधिकारकर्मीसहितका विज्ञ टोली गठन गर्न माग गरिएको छ । मन्त्री खाँडले स्थानीयले विश्वास गर्नेगरी अहिलेको छानविन समितिका सदस्यलाई फेरबदल गर्ने विषयमा कुराकानी भएको जानकारी दिए ।

मन्त्रालयमा ज्ञापनपत्र बुझाउन इस्लामी सङ्घका अध्यक्ष खुर्शिद आलम, नेपाल मुस्लीम सङ्घका महासचिव रहमतुल्ला मियाँ, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीसहित ११ जना प्रतिनिधिको टोली सहभागी थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021